टी-२० मा धेरै डकआउट हुने नेपाली खेलाडी

नेपाली क्रिकेट टिमले अहिलेसम्म ३५ वटा टी २० अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा अहिलेसम्म १६ जना खेलाडीहरु डक आउट भएका छन । जसमा आठ जना एक पटक डकआउट भएका छन भने पाँच जना दुई पटक र दुई जना तीन पटक डकआउट भएका छन । नेपाली क्रिकेट खेलाडीमा सबै भन्दा धेरै पटक डकआउट हुने खेलाडीमा प्रदिप ऐरी छन । उनी चार पटक डकआउट भएका छन ।

नेपालले अहिलेसम्म २०१४ बाट जतिपनि टी २० खेल खेले त्यसमा ज्ञानेन्द्र मल्लले २७ खेल खेलका छन । त्यसमा उनले ५६६ रन बनाएका छ । उनले एउटा शतक र एउटा अर्धशतक बनाएका छ । त्यसमा उनी एक पटक डकआउट भएका छन ।

यस्तै विनोद भण्डारीले ३० खेल खेल्दा तीन सय चार रन बनाएका छ । जसमा दुई अर्धशतक रहेका छन । उनीपनि एक पटक डकआउट भएका छन । डकआउट एक पटक हुने खेलाडीको सूचीमा सोमपाल कामी, बसन्त रेग्मी, राजेश पुलामी, सन्दिप जोरा, कुशल मल्ल र नरेश बुढाऐर रहेका छन ।

यस्तै करियरमा दुई पटक डकआउट हुने खेलाडीमा करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहोरा, शक्ति गौचन, सुसन भारी रहेका छन । करणले अहिलेसम्म २८ खेल खेलेका छन । जसमा उनले १८ इनिङमा एक सय ८२ रन बनाएका छन । तर दुई पटक डकआउट भएका छ । यस्तै सन्दिप लामिछानेपनि २०१८ देखि २०२० सम्म २० टी २० खेल खेलेका छन । जसमा उनी दुई पटक डकआउट भएका छन । अभिनाश बोहोरो, शक्ति गौचन, सुसन भारी पनि दुई दुई पटक डकआउट भएका छन ।

टी २० मा तीन पटक डकआउट हुने खेलाडी ७७ जर्सी लगाउने पवन सराफ र पारस खड्का रहेका छन । पारस २०१४ देखि अहिलेसम्म ३३ खेलमा ३२ इनिङ खेलेका छन । जसमा उनले सात सय ९९ रन बनाएका छन । उनको उच्च स्कोर एक सय ६ रन रहेको छ । उनले टी २० मा एक शतक र चार अर्धशतक बनाएका छन । तर उनी तीन पटक डकआउट भएका छन ।

यस्तै पवन सराफ २०१९ बाट सिनियर टिममा रहेका छन । उनले १२ खेलमा ११ इनिङमा एक सय चार रन बनाएका छन । उनी तीन पटक डकआउट भएका छन ।

नेपालका लागि टी २० खेलमा धेरैपटक डकआउट हुने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका खेलाडी हुन प्रदिप ऐरी । उनले ११ खेल खेल्दा चार पटक डकआउट भएका छन । जसमा उनले ८७ रन बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest