ब‌ङ्गलादेशी बलर सरिफकाे सन्यास

बंगलादेश क्रिकेट टिमका पूर्व तिब्र गतिका बलर मोहम्मद सरिफले खेलाडी जीवनबाट सन्यास लिएका छन ।

बंगलादेशबाट १० टेष्ट र नौ एकदिवसीय खेल खेलेका सरिफले अन्तिम पटक २०१८ मा राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेल खेलेका थिए । सन् २००१ र २००२ मा बंगलादेश टिमबाट आठ एकदिवसिय खेल खेलेका सरिफलाई पाँच बर्षपछि राष्ट्रिय टिममा बोलाइएको थियो । जिम्बावे टुरका लागि उनी टिममा परेका थिए । त्यसपछि साढे पाँच बर्षपछि उनले टेष्ट टिममा कमब्याक गरेका थिए ।

सन् २०१८ को फेब्रेवरीमा ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा उनले गाजी ग्रुप क्रिकेटरर्स विरुद्ध ह्याट्रिक गरेका थिए । सो सिजनमा उनी ढाका प्रिमियर क्रिकेट लिगमा नौ खेलमा १४ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

उनले टेष्ट क्रिकेटमा एक सय २२ रन बनाउँनुका साथै १४ विकेट लिएका थिए भने एकदिवसिय क्रिकेटमा ५३ रन बनाएका थिए भने १० विकेट लिएका थिए । उनले सबै प्रतियोगिता गरेर पाँच सय ८९ विकेट लिएका थिए । जसमा पहिलो श्रेणीको प्रतियोगितापनि समावेश थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest