नेपाली क्रिकेटको बर्ष २०७६

नेपाली खेलकुदमा अरु क्षेत्रमा जस्तै क्रिकेटमा पनि यो बर्ष निकै उताडचडावपुर्ण रह्यो । मैदान भित्रमात्र होइन मैदान बाहिरपनि क्रिकेटको चर्चा निकै भयो । यो बर्ष प्रशासनिक हिसावले नेपाली क्रिकेटमा राम्रो सन्देश आयो । करिव साढे ती बर्ष निलम्बनमा रहेको नेपाली क्रिकेटले नयाँ कार्यसमिती पायो । भलै त्यो कार्यसमितीमा पुरानै अनुहार भएपनि आइसीसीको निलम्बन फुकुवा गर्नका लागि यो कदम सकारात्मक बन्यो । असोजको पहिलो साता भएको क्यानको नयाँ कार्यसमितीको बैठकले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिती आयो । तर त्यो कार्यसमितीमा नयाँ अुनुहार भने कोहि थिएनन् ।

यता अभिभावक विना चलिरहेको नेपाली क्रिकेटले नयाँ अभिभावक आएपछि राम्रो होला भन्ने अपेक्षा गरेका थिए । आइसीसीले पनि क्यानलाई असोज २७ गते केहि शर्त राखेर आंशिक रुपमा निलम्बन फुकुवा गर्यो । जुन यो बर्ष नेपाली क्रिकेटका लागि ठुलो सफलता मान्न सकिन्छ ।
क्यानमा आएको नयाँ नेतृत्वलाई आइसीसीले आंकिश निलम्बन फुकुवा गरेको २४ घण्टामा नै एक दशकदेखि नेपाली क्रिकेट टिमको कप्तानी गर्दै आएका पारस खड्काले सबैलाई आश्चार्यमा पार्दै कप्तान पदबाट राजिनामा दिए ।

क्यानको निर्वाचन हुँदा प्रतियोगिताका लागि विदेश रहेको नेपाली टिम ओमानमा भएको टी २० सिरीज खेलेर फर्किएको थियो । तर पारसले सो सिरीजलाई आफ्नो कप्तानीको अन्तिम सिरीज बनाए । उनले ब्यक्तिगत निर्णय भन्दै अचानक राजिनामा दिँदा धेरैले पारस क्यानसँगको सम्बन्ध राम्रो नभएकाले कप्तानबाट बाहिरीएको आंकलन पनि गरे । जसलाई पारस र क्यानका पदाधिकारीले अस्विकार गरेका थिए ।

घरेलु मैदानमा नेपालले एकदिवसिय मान्यता पाएपछि पहिलो अन्तराष्ट्रिय सिरीज खेल्यो । जनु नेपाली क्रिकेटका लागि एउटा राम्रो उपलब्धि हो । तर त्यो सिरीज भन्दा अगाडी मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामाको घोषणा गरे । जसले क्रिकेट समर्थकलाई आश्चार्यमा पारेको थियो ।
त्यसो त प्रदर्शनका हिसावले नेपाली क्रिकेट टिम यो बर्ष धेरै ठाँउमा चुक्न पुग्यो । तर यो बर्ष युवा खेलाडीका लागि भने राम्रो रह्यो ।

नेपाली टिमकाे प्रदर्शन

यो बर्ष नेपाल क्रिकेट टिमले कुल २७ खेल खेल्यो । त्यसमा चार वटा एकदिवसिय र २३ वटा टी २० खेल खेलेको थियो । यो बर्ष नेपालले ओमानसँग दुई र अमेरीकासँग दुई एकदिवसिय खेल खेल्यो । जसमा नेपालले युएई विरुद्ध तीन खेलको सिरीज दुई एकले जित्यो भने ओमानसँग दुई खेल हार्दा अमेरीकासँग दुई खेलमा जित निकाल्यो ।

यस्तै टी २० मा खेलेका खेलहरुमा मिश्रीत नतिा आए । तर नेपाल मुख्य मुख्य प्रतियोगितामा चुक्न पुग्यो । आज हामी २०७६ सालमा नेपालले खेलेका एकदिवसीय र टी २० क्रिकेटका बारेमा चर्चा गर्नेछौ ।

२०७६ मा नेपालले एकदिवसय भन्दा टी २० खेल बढि खेलेको थियो । जसमा नेपालले मिश्रीत नतिजा हात पार्यो । नेपालले यो बर्ष पाँच वटा टी २० प्रतियोगिता खेल्यो । जसमा मलेसिया विरुद्धको दुई टी २० को सिरीज जितेपनि अरुमा नेपालले उपाधि जित्न सकेन ।

नेपालले मलेसियामा भएको दुई टी २० सिरीजमा दुबै खेल जित्न सफल भएको थियो । सिंगापुरमा हुने आइसीसी टी २० विश्वकप एशिया क्षेत्रीय छनोटको तयारीका रुपमा रहेको यो प्रतियोगितामा नेपालले पहिलो खेलमा सात विकेटको जित निकालेको थियो । जसमा मलेसियाले पहिले ब्याटिङ गर्दै एक सय २८ रन बनाएको थियो । जवाफमा नेपालले १८ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

दोस्रो खेलमा नेपालले ६ रनको जित निकाल्या सफल भयो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । जवाफमा मलेसिया सात विकेट गुमाउँदा एक सय ६७ रनमा रोकियो ।

त्यसपछि नेपालले सिंगापुरमा भएको टी २० विश्वकप एशिया छनोट खेल्यो । सो प्रतियोगिता नेपालका लागि निकै खल्लो रह्यो । पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भयो । नेपालले एक सय २२ रन बनाएको थियो । जवाफमा कतारले ६ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।
दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो । पहिलो खेलमा आश्चार्यजनक रुपमा हार ब्यहोरेको नेपालले मलेसियासँग भने सहज जित निकाल्यो । मलेसियाले मात्र ८३ रन बनाएको थियो । जवाफमा नेपालले तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

त्यसपछि कुवेतसँग पनि नेपाल सात विकेटले विजयी भयो । कुवेतले दिएको एक सय ४२ रनको लक्ष्य नेपालले १५ ओभर पाँच बलमा तीन विकेट गुमाउँदै पुरा गर्यो । तर निकै महत्वपुर्ण खेलमा नेपाल सिंगापुरसँग भने ८२ रनले हार्यो । सिंगापुरले एक सय ९१ रन बनाएको थियो । जवाफमा नेपाल १५ ओभरमा एक सय नौ रनमा अलआउट भयो ।

त्यसपछि नेपालले सिंगापुरमा नै केहि महिनापछि त्रिकोणात्मक सिरीज खेलेको थियो । जसमा नेपालले पहिलो खेलमा जिम्बावेसँग पाँच विकेटको हार ब्यहोर्यो । नेपालले ६ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको थियो । जवाफमा जिम्बावेले १८ ओभर एक बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । त्यसपछि नेपालले सिंगापुरलाई नौ विकेटले हरायो । सिंगापुरले बनाएको १५१ रनको लक्ष्य नेपालले एक विकेट गुमाउँदै पुरा गर्यो । जसमा सो बेलाका कप्तान पारस खड्काले शतक बनाएका थिए ।

त्यसपछि नेपालले जिम्बावेसँग खेल्दा ४० रनको हार ब्यहोर्यो । जिम्बावेले बनाएको एक सय ६० रनको पक्ष्याएको नेपाल नौ विकेट गुमाउँदा एक सय २० रनमा रोकियो । सोहि प्रतियोगिताको अन्तिम खेल भने बर्षाका कारण हुन सकेन ।

त्यसको लगत्तै नेपाल ओमान भएको पाँच देशको टी २० सिरीज खेल्न गएको थियो । सो प्रतियोगितामा नेपालले मिश्रीत नतिजा निकाल्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको एक सय २६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो । पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले एक सय ३३ रन बनाएको थियो । जवाफमा नेपालले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सो खेलमा करण केसीले अन्तिम ओभरमा विस्फोटक पारी खेल्दै नेपाललाई जित दिलाए ।

त्यसपछि भने नेपालले लगातार दुई खेलमा हार ब्यहोर्यो । आयरल्याण्डसँग नेपाल १३ रनले पराजित भयो । आयरल्याण्डले बनाएको १४५ रन पक्ष्याएको नेपाल १३२ रनमा अलआउट भयो । यस्तै नेपाल ओमानसँग ६ विकेटले हार्न पुग्यो । पहिले ब्याटिङ गरेको नेपाल मात्र ६४ रनमा अलआउट भएको थियो । जवाफमा ओमान ११ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो ।

त्यसपछि नेपालले दक्षिण एशियाली खेलुकद साग खेल्यो । सो प्रतियोगितामा पनि नेपालले मध्यम प्रर्दशन गर्यो । पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले नेपाल पराजि भयो । नेपालले पाँच विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो । जवाफमा श्रीलंकाले चार विकेट गुमाउँदै जित निकाल्यो ।

यस्तै नेपालले भुटानलाई भने एक सय ४१ रनको भारी अन्तरले हरायो । टी २० मा उच्च स्कोर बनाएको सो खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । नेपालले सो खेलमा तीन विकेट गुमाउँदै २३६ रन बनाएको थियो । जवाफमा भुटान मात्र ९५ रनमा अलआउट भयो ।

त्यसपछि माल्दिभ्स विरुद्ध नेपालले ८४ रनको जित निकाल्यो । नेपालले एक सय ६३ रन बनाउँदा माल्दिभ्स ७६ रनमा नै अलआउट भयो । अर्को खेलमा नेपाल बंगलादेशसँग ४४ रनले हार्न पुग्यो । बंगलादेशले ६ विकेट गुमाउँदा एक सय ५५ रन बनाएको थियो । जवाफमा नेपाल १११ रनमा अलआउट भयो ।

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले फेरी माल्दिभ्सलाई पाँच विकेटले हरायो । माल्दिभ्सले मात्र ९४ रन बनाएको थियो ।
त्यसपछि नेपालले घरेलु मैदानमा एकदिवसीय त्रिकोणत्मक सिरीज खेल्यो । सो सिरीजमा नेपालले चार खेलमा दुईमा जित र दुई हार ब्यहोर्यो । नेपालले अमेरीकासँग दुई खेल जित्दा ओमानसँग दुई खेलमा पराजित भयो ।

त्यसको दुई सातामा नेपालले थाइल्याण्डमा एसीसी इस्र्टन रिजन खेलेको थियो । जसमा नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो । पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले हार्यो । जुन नेपालको एक दशकपछिको हार थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतीमा एक सय ५४ रन बनाएको थियो । जवाफमा नेपाल एक सय ३२ मा अलआउट भयो ।

त्यसपपछि नेपाल हङकङसँग पनि ४३ रनले हार्यो । हङकङले बनाएको एक सय ५४ रन पक्ष्याएको नेपाल मात्र एक सय ११ रनमा अलआउट भयो । तेस्रो खेलमा भने नेपालले थाइल्याण्डलाई नौ विकेटले हरायो । थाइल्याण्ड मात्र ६६ रनमा अलआउट भएको थियो । जवाफमा नेपालले पाँच ओभरमा तीन बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । प्रतियोगिताको अन्तिम खेल भने बर्षाका कारण रद्द भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest