क्रिकेटका अनाैठा तथ्यहरु

क्रिकेट एउटा अनिश्चितताको खेल हो । अघिल्लो खेलमा शतक बनाएका खेलाडी अर्को खेलमा गोल्डेन डक पनि हुन सक्छन । एउटा बलर जो अघिल्लो खेलमा ह्याट्रिक लिएको हुन्छ, अर्को खेलमा एउटा पनि विकेट नलिन सक्छ । क्रिकेट त्यसैले पनि अनिश्चितताको खेल हो ।

तर कहिलेकाहि कोहि क्रिकेटरका लागि भाग्यले ठुलो साथ दिन्छ । एउटा बलरलेपनि शतक बनाउन सक्छ, भने एउटा ब्याट्सम्यानले पनि पाँच विकेट लिन सक्छ ।

आज हामी विश्व क्रिकेटमा भएका केहि अनौठा तथ्यका बारेमा चर्चा गर्नेछौ ।

१. नाइटवाच ब्याट्सम्यान जेसन जिलेस्पीको दोहोरो शतक

सन् २००६ मा बंगलादेश विरुद्ध चिटगाउमा भएको टेष्टमा जेसन जिलेस्पी नाइटवाच ब्याट्सम्यानका रुपमा मैदानमा प्रवेश गरेका थिए । तर उनले सो खेलमा दोहोरो शतक बनाए । उनले सो खेलमा अविजीत दुई सय एक रनको पारी खेले । सो खेलमा अष्ट्रेलिया ८० रनले विजयी भएको थियो ।

२. सेन वार्न भन्दा सचिन तेन्दुलकरको एकदिवसीयमा धेरै पाँच विकेट हल

लेजेन्ड्री बलर सेन वार्न भन्दा धेरैपटक पार्टटाइम बलर सचिन तेन्दुलकरले पाँच विकेटको हल लिएका छन भन्दा अचम्म लाग्छ सक्छ । सचिनले एकदिवसीय क्रिकेटमा दुई पटक पाँच विकेटको हल लिएका छन भने वार्नले मात्र एक पटक सो सफलता हात पारेका छन ।

३. टेष्ट क्रिकेटमा धेरै पटक बोल्ड हुने ब्याट्सम्यान द्रविड

भारतीय क्रिकेट टिमका वाल भनेर मानिने राहुल द्रविडको नाममा अनौठो रेकर्ड रहेको छ । द्रविड टेष्ट क्रिकेटमा धेरै पटक बोल्ड हुने ब्याट्सम्यान हुन । उनी करियरमा ५५ पटक बोल्ड भएका थिए ।

४. एकदिवसिय खेलमा धेरै पटक डकआउट हुने जयशुर्या

विश्वमा विस्फोटक ब्याट्सम्यानको सूचीमा रहने सनथ जयशुर्याको नाममा धेरै रकेर्डछन । तर त्यसमा अनौठौ रेकर्ड धेरै डकआउट हुने रहेको छ । बायाँहाते ब्याट्सम्यान जयशुर्या एकदिवसिय क्रिकेटमा ३४ पटक डकआउट भएका छन । जसमा १० पटक गोल्डेन डक भएका छन ।

५. टेष्ट क्रिकेटमा एक ओभरमा धेरै रन दिने एन्डरसन

इंग्ल्याण्डका तिब्रगतिका बलर जेम्स एन्डरसनको नाममा पनि एउटा रेकर्ड रहेको छ । त्यो हो टेष्ट क्रिकेटका इतिहासमा एकै ओभरमा धेरै रन दिने । एन्डरसले एकै ओभरमा २८ रन दिएका छन । अष्ट्रेलिया विरुद्ध २००३ मा भएको टेष्ट क्रिकेटमा जर्ज वेलीले एन्डरसको बलमा २८ रन हिर्काएका थिए । उनले एकै ओभरमा तीन छक्का, दुई चौका र दुई रन हिर्काएका थिए ।

यस्तै दक्षिण अफ्रिकाका रोविन पिटरसनले पनि टेष्ट क्रिकेटमा एकै ओभरमा २८ रन दिएका थिए । उनलाई ब्रायन लाराले त्यत्रो रन हिर्काएका थिए ।

६. लर्डसमा अगरकरको टेष्ट शतक, तेन्दुलकरको छैन

इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा खेल्नु कुनैपनि खेलाडीका लागि सपना जस्तै हुन्छ । यस्तैमा सो मैदानमा शतक बनाउनु झन अर्को चाहना । यस्तैमा मास्टरब्लासटर सचिन तेन्दुलकरले दुई सय शतक बनाएको भएपनि लर्डस मैदानमा एउटापनि शतक छैन । बरु अजित अगरकरले सो मैदानमा शतक बनाएका छन ।

७. वासिम अक्रमको एकै पारिमा सचिनको भन्दा धेरै रन

टेष्ट क्रिकेटमा पाकिस्तानी पूर्व तिब्र गतिका बलर वासिम अक्रमको एकै इनिङमा सचिन तेन्दुलकरको भन्दा धेरै रन रहेको छ । मास्टर ब्लास्टर सचिनको टेष्ट क्रिकेटको एकै पारिमा दुई सय ४८ रन रहेको छ भने अक्रमको दुई सय ५७ रन रहेको छ । यस्तै उनको सौरभ गांगुलीको भन्दापनि धेरै रहेको छ ।

गांगुलीको टेष्ट क्रिकेटमा एकै पारिमा दुई सय ३९ रन रहेको छ । यस्तै ज्याक कालिसको दुई सय २४ रन रहेको छ । बलर भएर पनि टेष्ट क्रिकेटमा दोस्रो सतक बनाउने अक्रमको नाममा यो अनौठो रेकर्ड रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest