पाकिस्तानका पूर्व क्रिकेटर सरफराजको निधन

पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको मृत्यु भएको छ ।

जफर पाकिस्तानका पूर्व पहिलो श्रेणीका क्रिकेटर हुन् । कोरोना भाइरसबाट संक्रमित भएका उनको ७ अप्रिलमा टेस्ट पोजेटिभ आएको थियो । तीन उनलाई पेशावरको एक अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखिएको थियो । तर उनको सामबार निधन भएको जनाइएको छ ।

सरफरराजले १९८८ देखि १९९४सम्म १५ प्रथम श्रेणी तथा १९९० देखि १९९२ सम्म ६ वटा लिस्ट ए गेम खेलेका थिए । उनी लेफ्ट आर्म स्पिन बलर पनि हुन् । उनी पेशावरको यु १९ तथा सिनियर टिमका प्रशिक्षक पनि भएका थिए

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest