आइपीएल अनिश्चित समयका लागि स्थगित

कोरोना भाइरुसका कारण भारतमा हुने इन्डियन प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित भएकाे छ । सरकारले नै मे ३ तारिखसम्म लकडाउन लम्बाएपछि बीसीसीआइले अर्काे नाेटिस जारी नहुँदासम्मका लागि स्थगित गरेकाे जनाएकाे छ ।

मार्च २९ देखि शुरुहुनु पर्ने आईपीएल अप्रिल १५ सम्म स्थगित भएको थियो । तर मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिखसम्म लकडाउन लम्ब्याउने घोषणा गरेसँगै आईपीएल पनि स्थगित भएकाे हाे ।

अहिले हुन नसकेको आईपीएल डिसेम्बरमा हुनसक्ने आंकलन गरिएको छ । जुनदेखि सेप्टेम्बरसम्म मनसुन सिजन हुने छ भने अक्टोबर १८ देखि अस्ट्रेलियामा टी २० विश्वकप हुँदैछ । यदि समयमै विश्वकप भयो भने मध्य नोभेम्बरसम्म यो प्रतियोगिता चल्ने छ । यसैले अब बीसीसीआईले डिसेम्बरमा आईपीएल गर्ने गरि तालिका बनाउनु पर्ने छ ।

साथै आईपीएलको फर्म्याट पनि छोटो बनाउनु पर्ने चुनौती बीसीसीआईलाई रहेको छ ।  यस्तै सेप्टेम्बरमा एशिया कप टी २० हुँदै छ । यो एशिया कप युएईमा हुने छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले अहिले नै आईपीएलबारे केही भन्न नसकिने बताएका छन् । सबै तिर लकडाउन भइरहेकाले यस पटक आईपीएल भुल्नका लागि आग्रह गरे । अहिलेको परिस्थीतिमा आईपीएल रद्द भए करीब तीन करोड भारतीय रुपैयाँ नोक्सान हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest