भारतीय महिला टिम विश्वकपका लागि छनाेट

कोरोना भाइरसका कारण पाकिस्तान विरुद्धको तीन खेलको सिरीज रद्द भएपछि भारत सन् २०२१ को एकदिवसिय विश्वकपका लागि छनोट भएको छ ।

पाकिस्तान विरुद्धको एकदिवसय च्याम्पियनसिप रद्द हुने वितिक्कै भारतले महिला विश्वकपका लागि सोझै छनोट भएको हो । आइसीसीले भारत र पाकिस्तानको सिरीज नहुने भएकाले भारतलाई विश्वकपका लागि छनोट गरेको बताएको छ ।

भारत र पाकिस्तान विचको सिरीज अघिल्लो बर्षको जुलाई र नोभेम्बरमा हुनुपर्ने थियो । तर भारतीय सरकारले यो सिरीजका लागि अनुमती नदिएपछि रद्द भएको हो । जसका कारण न्यूजिल्याण्डमा हुने विश्वकपमा भारतले स्थान बनाएको हो ।

यो सिरीज महिला च्याम्पियनसिपको एक हिस्सा रहेको थियो । महिला च्याम्पियनसिप अन्तर्गत २०१७ देखि २०२० सम्म सबै ८ टिमले एक आपसमा तीन तीन खेलको सिरीज खेल्नुपर्ने थियो । तर कोरोनाले क्रिकेटको क्यालेन्डर नै खलबलाएको छ । च्याम्पियनसिपको शिर्ष चारमा रहने टिमले सोझै विश्वकपमा स्थान बनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest