अष्ट्रेलिया बाेर्डद्वारा कर्मचारी कटाैती

अष्ट्रेलियन क्रिकेट बोर्डले कोरोना भाइरसका कारण आफ्ना स्टाफको कटौती गर्ने भएको छ ।

अप्रिल २७ बाट लागु हुने गरी बोर्डले यो अवस्थामा धेरै पदाधिकारी पाल्न नसक्ने भन्दै कटौती गर्ने निर्णय गरेको हो । बोर्डले विज्ञेप्ती निकाल्दै कर्मचारीको कटौतीका बारेमा जानकारी दिएको हो ।

बोर्डका प्रमुख कार्यकारी केभिन रोबर्टसनले भिडियो कल गरेर सबैलाई जानकारी दिएका हुन । कोरोनाका कारण यतिबेला कुेहि पनि काम नभएको र आइसोलेसनमा भएका कर्मचारीलाई राख्न भनेका आर्थिक समस्या उब्जाउनु रहेको भन्दै कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।

कर्मचारी कटौती भएमा केहि मात्रामा भएपनि आर्थिक समस्या कम हुने बोर्डको विश्वास छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest