आइपीएल अनिश्चित समयका लागि स्थगित

कोरोना भाईरसको कारण भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित भएको छ ।

बीसीसीआईले बिहिबार औपचारिक रुपमा अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ ।

भारतमा आगामी मे ३ सम्मका लागि लकडाउन लम्बिएसंगै आईपीएल स्थगित भएको हो । दोस्रो पटक स्थगित भएको आईपीएलले यो वर्ष हुने सम्भावना निकै कम भएको छ ।

यसअघि , आईपीएलको १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest