स्मिथ दक्षिण अफ्रिकाकाे डाइरेक्टरमा २ बर्षका लागि नियुक्त

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले पूर्व कप्तान ग्रेम स्मिथलाई २ बर्षका लागि डाइरेक्टर अफ क्रिकेटमा नियुक्त गरेको छ ।

यसअघि स्मिथलाई अन्तरीम डाइरेक्टरका रुपमा नियुक्त गरेको बोर्डले अब पुरा कार्यकालका लागि नियुक्त गरेको छ । स्मिथलाई बोर्डले गत डिसेम्बरमा तीन महिनाका लागि यो पदमा नियुक्त गरेको थियो ।

दक्षिण अफ्रिकी टिमको खराव प्रदर्शनपछि बोर्डमा परिवर्तन गरिएको थियो । जसमा दक्षिण अफ्रिकी बोर्डले पुर्र्व खेलाडीलाई जिम्मेवारी दिएको थियो । स्मिथलाई बोर्डले दुई बर्षको सम्झौता गरेको छ । त्यसपछि उनको कामका आधारमा समय थपिने बोर्डले जनाएको छ ।

उनी क्रिकेट डाइरेक्टर भएर आएपछि दक्षिण अफ्रिकी टिममा केहि उर्जा र उत्साह आएको बोर्डको बुझाई छ । उनको भिजनमा बोर्डपनि सहयोग गर्दै आएको छ ।

यस्तै बोर्डले लिन्डा जोन्डीलाई अन्तरीम स्वतन्त्र खेलाडी छनोटकर्ता बनाएको छ भने एस्विल प्रिन्सलाई दक्षिण अफ्रिकी ए टिमको जिम्मेवारी दिएको छ । यस्तै मालिबोग्वि माकिटा यू १९ टिमको सल्लाहकार प्रशिक्षकमा राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest