धमाधम काउन्टी क्लवले खेलाडीकाे सम्झाैता रद्द

काउन्टि च्याम्पियनसिप क्रिकेटमा पनि कोरोना भाइरसको असर परेको छ । कोरोनाका कारण प्रतियोगिता अनिश्चित बन्दा क्रिकेट क्लबहरुले धमाधम विदेशी खेलाडीसँगको सम्झौता रद्द गर्न लागेका छन् ।

पछिल्लो समय लंकशायकरले तीन जना विदेशी खेलाडीको सम्झौता रद्द गरेको जनाएको छ । उसले न्यूजिल्याडका बीजे वाटलिंग, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र जेम्स फकनरको पनि सम्झौता रद्द गरेको हो । उनीहरुलाई २०२० का लागि टिममा राखिएको थियो ।

विकेट किपर ब्याट्सम्यान बीजे वाटलिंगलाई काउन्टी च्याम्पियनसिपको शुरुआती ९ म्याचका लागि लंकशायरले सम्झौता गरेको थियो । लंकशायरका क्रिकेट निर्देशक पल एलटले आर्थिक समस्याका कारण विदेशी खेलाडीसँगको सम्झौता रद्द भएको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest