वाटमाेर बराेडा क्रिकेट डाइरेक्टर

आइसीसी विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोर बरोडाको क्रिकेट डाइरेक्टरमा नियुक्त भएका छन । सन् २०१८ र १९ को सिजनमा केरालालाई रञ्जी ट्रफिको सेमिफाइनलमा पुर्याएका डेभले क्रिकेट डाइरेक्टरका रुपमा तीन बर्षको सम्झौता गरेका छन ।

श्रीलंकालाई १९९६ को विश्वकपको उपाधि दिलाएका डेभ पछिल्लो पटक भारतीय घरेलु क्रिकेटमा सक्रिय रहेका छन । उनले केरालालाई प्रशिक्षण दिएका थिए । तर यो सिजनको रञ्जी ट्रफिमा केरालाले राम्रो गर्न नसकेपछि उनी टिमबाट बाहिरीएका थिए ।

क्रिकेट डाइरेक्टरमा नियुक्त भएपछि डेभले आफु बरोडाको सिनियर टिमको प्रशिक्षक भएपनि यू १९ र यू २३ को टिमको संरचनामा पनि काम गर्ने बताए । उनले स्थानीय प्रशिक्षकसँग मिलेर काम गर्ने बताए ।

उनले यसअघि श्रीलंका, पाकिस्तान, बंगलादेश, जिम्बावेको प्रशिक्षकका रुपमा काम गरेका थिए । यसका साथै उनी नेपाली टिमको सल्लाहकार ब्याटिङ प्रशिक्षक भएर नेपाल पनि आएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest