दक्षिण अफ्रिका र श्रीलङ्काकाे सिरीज रद्द

कोरोना भाइरसका कारण दक्षिण अफ्रिकाले श्रीलंकासँगको सिरीज रद्द गरेको छ । जुनमा हुने भनिएको सिरीज अर्को पटक समय मिलाएर गराइने भएको हो ।

दक्षिण अफ्रिकाले श्रीलंकामा तीन एकदिवसिय र तीन टी २० खेल्ने योजना थियो । तर कोरोनाको संक्रमण कम नभएपछि यो सिरीज रोकिएको हो ।

श्रीलंका र दक्षिण अफ्रिकाले संयुक्त रुपमा सोमबार सिरीज रद्द भएको बताएका हुन ।

दुबै टिमले यो सिरीज एकदिवसिय लिग र टी २० विश्वकपका लागि राम्रो तयारीका अवसर हुने थियो । तर महामारीका रुपमा फैलिएको कोरोनाका कारण अझै अवस्था सामान्य हुन समय लाग्ने भएकाले रद्द गनुपर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest