धाेनीले झारखण्डमा घरेलु प्रतियाेगिता खेल्ने

भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनी अझै तीन बर्ष इन्डियन प्रिमियर लिग खेल्ने योजनामा रहेको केहि दिनपछि फेरी अर्को समाचार आएको छ । यसपटक धोनीले झारखण्डमा हुने सेइद मुस्ताक अली ट्रफी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन ।

३८ बर्षे धोनीले नियमित रुपमा टी २० मा अभ्यास हुने भन्दै यो प्रतियोगितामा सहभागिता जनाउन लागेको बताइएको छ । झारखण्ड क्रिकेट संघले धोनी यो प्रतियोगिता खेल्ने तयारीमा रहेको र उनी संघका अध्यक्ष र बोर्ड सदस्यसँग नियमित सम्पर्कमा रहेको बताएको छ ।

आइपीएलमा चेन्नेई सुपर किंग्सको कप्तान रहेका धोनीले केहि समय अगाडी झारखण्ड क्रिकेट मैदानमा प्रशिक्षण पनि गरेका थिए । २०१९ को विश्वकपको सेमिफाइनलमा भारत बाहिर भएपछि धोनी कुनैपनि प्रतियोगितामा देखिएका छैनन् । उनी आइपीएलमा राम्रो गरेर टी २० विश्वकपमा स्थान बनाउने योजनामा रहेपछि आइपीएल कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

धोनीले सेइद मस्ताक अली प्रतियोगिता आइपीएलका लागि राम्रो अभ्यास खेल हुने बताएका छन । त्यसैले पनि यो प्रतियोगिता खेल्न उनी इच्छुक भएका हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest