समस्यामा इंग्लिस क्रिकेट

इंग्ल्याण्डमा कोरोना भाइरसका कारण धेरै दबावमा रहेको खेल मध्ये एक हो क्रिकेट, यतिबेला इंग्ल्याण्डको क्रिकेट बोर्डलाई आफ्नो अन्तर्गत रहेका काउन्टी क्रिकेटलाई सबै रकम दिन निकै कठिन भएको छ ।

इंग्लिस क्रिकेट बोर्डले बार्षिक एक दशमलव तीन विलियन पाउण्ड आर्थिक आम्दानी हुने आशा गरेको थियो, जसमा काउन्टी क्रिकेटलाई पनि मोटो रकम सहयोग दिने बाचा गरेको थियो । त्यसमा नयाँ प्रतियोगिता द हन्ड्रेड गर्ने भनेपछि रकम बढाएको थियो ।

इंग्ल्याण्डमा रहेका १८ वटा काउन्टी क्रिकेट क्लवलाई इसीबीले द हन्ड्रेड सकिएपछि ६ लाख ५० हजार पाउण्ड दिने बताएको थियो । तर यतिबेला सो प्रतियोगिता नहुने लगभग निश्चित भएको छ । जसका कारण सबै काउन्टी क्लवले ७० प्रतिशत रकम नपाउने देखिएको छ ।
काउन्टि क्रिकेटका प्रमुखले बजेट बनाउँदा हन्ड्रेड क्रिकेटबाट एक दशमलव ती मिलियन रकम आउने देखिएको थियो, जुन एक बर्षमा दिने बताइएको थियो । तर अब त्यसको आधापनि नआउने भएपछि सबै क्लवहरु निकै कठिन अवस्थामा पुग्ने बताए ।

आर्थिक अभावका कारण काउन्टी क्लवहरुले धमाधम विदेशी खेलाडीको सम्झौता रद्द गरिरहेको छ । यदि इसीबीले बाँकी रहेको ६ लाख ५० हजार पाउण्ड हरेक क्लवलाई नदिएको खण्डमा उनीहरुले कठिन निर्णय लिने बताइएको छ । यतिबेला १८ मा १७ काउन्टीहरु घाटामा गइरहेका छन ।

इसीसीले सबै काउन्टीलाई गरेर १२ मिलियन महिनाको दिनुपर्ने छ । यस्तोमा उसले ५० देखि ७० प्रतिशत नदिनु भनेको ठुलो गल्ति गर्नु भनिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest