कमजाेर अवस्थामा पुग्याे अष्ट्रेलियन क्रिकेट

अचानक रुपमा महामारीका रुपमा फैलीएको कोरोना भाइरसका कराण यतिबेला अष्ट्रेलियन क्रिकेटको आर्थिक अवस्था निकै कमजोर बनेको छ । यतिबेला अष्ट्रेलियन क्रिकेटमा काम गर्ने कर्मचारीले तलव पाएका छैनन, कोहिलाई विदामा पठाइदिएको छ ।

यस्तैमा आर्थिक अवस्था निकै कमजोर देखिएपछि बोर्डले आफ्ना कर्मचारीले विभिन्न सुपर मार्केट तथा प्रायोजक वुलवर्थ कम्पनीमा जुन सम्मका लागि अस्थाई काम खोज्न सुरु गरेको छ ।

कोरोनाका कारण क्रिकेट मात्र होइन विश्व खेलकुद नै ठप्प रहेको छ । यहि कारणले अष्ट्रेलियामा हुने टी २० विश्वकपमा पनि ठुलो शंका उत्पन्न भएको छ ।

बोर्डले आफ्ना कर्मचारलाई नियमित तलव दिन नसक्ने भएपछि आफ्नै प्रयासमा उनहरुलाई विकल्पमा अर्को काम खोज्न सहयोग गरिरहेको छ । क्रिकेट बोर्डका प्रमुख कार्यकारी केभिन रोबर्डले एक अन्तरवार्तामा यस्तो बताएका हुन ।

आर्थिक अवस्था नाजुक भएपछि क्रिकेट बोर्डले आफ्ना ८० प्रतिशत कर्मचारीलाई जुन ३० तारिखसम्म मात्र २० प्रतिशतमात्र तलव दिनसक्ने बताएको थियो । जुन अगष्टसम्म लम्बिन सक्ने बताइएको छ ।

अब अष्ट्रेलिया बोर्ड मोटो रकमका लागि दुई वटा सिरीज कुरिरहेको छ । तर यहि अवस्था कायम रहेमा साच्चिकै बोर्डको अवस्था नाजुक हुनेछ भने खेलाडीले पनि तलव पाउन कठिन हुनेछ । त्यसै त कोरोनाका कारण खेलाडीसँगको केन्द्रिय सम्झौता हुन सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest