आईसीसीको कार्यसमिति बैठक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको कार्यसमिति बैठक बसेको छ । कोरोना भाइरसका कारण अधिकांश टुर्नामेन्टहरु प्रभावित भएका बेला बसेको आईसीसीको बैठकलाई चासोका साथ हेरिएको थियो । यसै वर्ष अक्टोबरमा अस्ट्रेलियामा हुने तय भएको टी २० विश्व कप पनि हुने नहुने अझै निश्चित भइसकेको छैन ।

आईसीसीको बैठकमा यसै बर्ष हुने तय भएको टी २० विश्वकप क्रिकेटका विषयमा पनि छलफल भएको छ । छलफलमा आईसीसीको १२ पूर्ण र तीन एशोसिएट राष्ट्रहरुको सहभागीता रहेको थियो । भिडियो कन्फ्रेन्स मार्फत भएको बैठकमा सन् २०२३ सम्मका कार्यक्रमहरु परिवर्तन गर्ने विषयमा सदस्य राष्ट्रहरु सहमत भएका छन् ।

बैठक पछि आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि ‘कोरोना भाइरस महामारी (कोभिड १९) का कारण २०२३ सम्मका सिरिजहरुमा समिक्षा गरिने छ । साथै अहिले स्थगित भएका जति पनि सिरिजहरु छन् ती सिरिज फेरि सञ्चालन गर्ने विषयमा हरसम्भव प्रयास गरिने छ ।’

यस्तै बैठकमा आईसीसी टी २० विश्वकपका विषयमा पनि छलफल भएको थियो । अस्ट्रेलियामा अक्टोबर नोभेम्बरमा टी २० विश्वकप आयोजना गर्ने कार्यतालिका रहेको छ । तर, अस्ट्रेलिया सरकारले कोरोना भाइरसको महामारीका कारण ३० सेप्टेम्बरसम्म विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । यस्तोमा विश्वकप पनि समयमा नहुने सम्भावना बढेको भन्दै बैठकमा छलफल गरेको छ । तर, आईसीसीले जसरी पनि विश्वकप गराउने मनसाय व्यक्त गरेको छ । बैठकमा बरु खाली स्टेडियममा भए पनि विश्वकप सञ्चालन गर्ने गरि तयारी पनि थाल्ने निर्णय गरेको छ ।

त्यसरी पनि विश्वकप आयोजना गर्न नकिएको सन् २०२२ मा विश्वकप गर्ने पनि सहमति जुटेको जनाइएको छ । २०२१ मा दुई वटा विश्वकप गर्ने की एक एक वर्षको अवधिमा दुई वटा विश्वकप गर्ने भन्नेमा भने सहमति जुटेको छैन । साथै विश्व टेस्ट च्याम्पियनसिपको विषयमा भने पछि निर्णय गर्ने जनाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest