मनमोहन मोमोरिएल इन्टर प्रदेश कप यु १६ क्रिकेट प्रतियोगिता स्थगित

मनमोहन मोमोरिएल इन्टर प्रदेश कप यु १६ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभीड १९० र त्यसले उत्पन्न गरेको त्रासका कारण प्रतियोगिता स्थगित गर्नुपरेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

गैरेले शुक्रबार विज्ञप्ति जारी गर्दै अहिले लकडाउनको अवस्था रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले अहिले प्रतियोगिता स्थगन गरिएको उल्लेख गरेका छन् । यो वर्ष हुन नसके पनि अर्को वर्ष निरन्तरता दिने गैरेले प्रतिबद्धता जनाएका छन् ।

नेपाली क्रिकेटको भविष्य बोकेका १६ बर्ष मुनिका किशोरहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरेको यो प्रतियोगिताका २ संस्करण भने सम्पन्न भइसकेका छन् ।
त्यस्तै मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नम्बर एकको आयोजनामा सुनसरीको इनरुवामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि सम्पन्न भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest