आइसीसी प्रमुख शशांकको कार्यकाल २ महिना थपिने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई विश्व टेष्ट च्याम्पियनसिप रोक्नका लागि सुझाव दिएको छ ।

टेष्ट च्याम्पियनसिपको अंक तालिकाको शिर्ष स्थानमा रहेको भारत फाइनलमा पुग्ने प्रबल दावेदारका रुपमा रहेको छ । उसले नौ खेलमा सात खेल जित्दै तीन सय ६० अंक हासिल गरेको छ ।

आइसीसीसँगको भिडियो कन्फ्रेन्समा बीसीसीआईले टेष्ट च्याम्पियनसिप रोक्नुपर्ने धारणा राखेको हो । २०२३ को फ्युचर टुर कार्यक्रम परिवर्तन गर्ने योजना भएकाले टेष्ट च्याम्पियनसिप स्थगित गर्नुपर्ने बीसीसीआईको धारणा थियो ।

सो भिडियो कन्फ्रेन्समा बीसीसीआई मात्र एक्लो संघ थियो, जसले टेष्ट च्याम्पियनसिप रोक्नुपर्ने धारणा राखेको थियो ।

यस्तैमा आइसीसीका प्रमुख शशांक मनोहरको कार्यकाल दुई महिना लम्बिने संभावना बढेको छ । कोरोना भाइरसका कारण जुनमा हुने भनिएको आइसीसीको बोर्ड बैठक स्थगित हुने ठुलो संभावना रहेको छ । अहिलेको अवस्थामा यो बैठक अगष्टमा गर्ने योजना छ ।

सोहिबेला आइसीसीको नयाँ चेयरम्यान पनि चयन हुनेछ । जसका लागि इंग्ल्याण्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रावेसले आइसीसी प्रमुखको जिम्मा पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest