पाकिस्तानी महिला खेलाडी सानाद्वारा सन्यासकाे घाेषणा

पाकिस्तानी पूर्व महिला क्रिकेट कप्तान साना मिरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन ।

पाकिस्तानी खेलकुदकी राजदुत रहेकी ३४ बर्षे सानाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन । पाकिस्तानका लागि २२६ खेल खेलेकी सानाले २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन । उनले पाकिस्तानलाई एक सय ३७ खेलमा कप्तानी गरेकी थिइन ।

अलराउण्डर साना अफस्पिनर पनि हुन । उनी पाकिस्तानका लागि एकदिवसिय क्रिकेटमा धेरै विकेट लिने खेलाडी हुन । उनले एक सय २० खेलमा एक सय ५१ विकेट लिएकी छिन । यस्तै एक सय छ खेलमा ८९ विकेट हात पारेकीछिन ।

उनी बिश्व महिला क्रिकेटमा धेरै विकेट लिने चौथो खेलाडी हुन । उनी भन्दा अगाडी वेष्ट इन्डिजकी अनिसा मोहम्मद, भारतकी झुलन गोस्वामी, अष्ट्रेलियाकी क्याथरिन फिजप्याट्रि रहेकी छिन ।

उनी पाकिस्तानका लागि धेरै रन बनाउने खेलाडी पनि हुन । उनी एकदिवसिय क्रिकेटमा एक सय विकेट र एक हजार रन बनाउने पहिलो पाकिस्तानी खेलाडी हुन । यस्तै उनी टी २० मा एक सय विकेट लिने एक्लो पाकिस्तानी खेलाडी पनि हुन । उनले अन्तिम पटक पाकिस्तानबाट २०१९ मा लाहोरमा बंगलादेश विरुद्ध खेलेकी थिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest