अकमललाई तीन वर्षको प्रतिबन्ध

पाकिस्तान क्रिकेट बोर्डले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो । सन् २००९ देखि उनी पटक पटक विवादमा पर्दै आएका खेलाडी हुन् ।

जसका कारण डेब्यु टेस्टमै शतक बनाएक अकमलले अहिलेसम्म पाकिस्तानका लागि १६ टेस्ट मात्रै खेल्न पाएका छन् । उनले १२१ एक दिवसीय तथा ८४ टी २० खेलेका छन् । उनी पछिल्लो समय २०१९ मा अस्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट खेलेका थिए ।

यो सिजनको पीएसएलको शुरुमै फिटनेस टेस्ट गर्दा प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालिन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि क्याम्पबाटै आउट भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest