अमेरीकी मुख्य प्रशिक्षक परिवर्तन

अमेरीकी क्रिकेट संघले मुख्य प्रशिक्षक जेम्स पामेटलाई हटाउँदै अमेरीकाले जे अरुण कुमारलाई नयाँ प्रशिक्षक चयन गरेको छ ।

अमेरीकी क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत इयान हिगिन्सले प्रशिक्षक परिवर्तन गरेको जानकारी दिएका छन । कुमार लामो समयदेखि कर्नाटका क्रिकेट टिमको प्रशिक्षक रहेका थिए । साथै उनले आइपीएलमा पञ्जावको ब्याटिङ प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।

पहिलो श्रेणीबाट क्रिकेट खेलेका कुमारले सात हजार भन्दा बढि तथा लिष्ट ए बाट तीन हजार भन्दा बढि रन बनाएका छन । उनले कर्नाटकलाई रणजी, विजय हजारे ट्रफि र इरानी कपको उपाधि दिलाएका थिए । ४५ बर्षे कुमारले अबको लक्ष्य अमेरीकी टिमलाई टेष्ट राष्ट्र बनाउने रहेको बताएका छन ।

पछिल्लो पटक प्रशिक्षक परिवर्तन धेरै गरिरहेको अमेरीकाले दुई बर्षमा दुई हटाएको छ । यसअघि नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकेले अमेरीकी टिम छोडेका थिए भने अहिले पामेटर्ला हटाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest