क्रिकेट खेलाडीकाे बाेर्डसँगकाे सम्झाैता सूचीमा हेरफेर

अष्ट्रेलियन क्रिकेट बोर्डले २०२० र २१ को खेलाडीको केन्द्रिय सम्झौताको सूची सार्वजनिक गरेको छ । जसमा ६ जना पुराना खेलाडीलाई सम्झौता बाहिर राखेको छ भने मिचेल मार्सलाई सूचीमा अटाएको छ ।

२० पुरुष र १५ महिला खेलाडीको सम्झौताको सूचीमा पुरुष तर्फ बाहिर हुने खेलाडीमा उस्मान ख्वाजा, नाथन कल्टर निल, पिटर हान्ड्सकम्ब, मार्कुस हरिस, सन मार्श र मार्कुस स्टोनिस छन ।

बोर्डले मार्नुस लाबुसचाङ र जोइ बुर्न्स लगायतका ६ नयाँ अनुहार केन्द्रिय सम्झौतामा पहिलो पटक परेका छन ।

सम्झौताको सूचीमा पुरुषतर्फ एस्टन अगर, जोइ बुर्न्स, एलेक्स केरी पाट कुमिन्स, आरोन फिन्च, जोश हाजलउड, टार्भिस हेड, मार्नुस लाबुसचाङ, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्स्वेल,टिम पेन,जेम्स पाटीनसन, झेए रिचार्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, माथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।

महिलातर्फ निकोला केरी, एश्लिघ गार्डनर, राचेल हेनेस, अलिसा हेली, जेस जोनासन, डेलिस्सा किमिन्स, मेग लानिङ, तहलिया म्याकग्राथ, सोफी मोलिन्क्स, बेथ मोनी, एलिसे पेरी, मेगन स्चुट, अन्नाबेल सुथरल्याण्ड, तयाला भ्लामिन्क र जर्जिया वारेहम रहेकी छिन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest