हन्ड्रेड क्रिकेट प्रतियोगिता २०२१ सम्मका लागि स्थगित

नेपाली क्रिकेटर सन्दिप लामिछानेले खेल्ने भनिएको द हन्ड्रेड क्रिकेट प्रतियोगिता २०२१ सम्मका लागि स्थगित भएको छ ।

कोरोना भाइरसको असर बेलायतमा कम नहुनु र इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको खेल तालिका निकै ब्यस्त हुने भएकाले यो प्रतियोगिता स्थगित भएको हो ।

पहिलो संस्करणका रुपमा रहेको क्रिकेट प्रतियोगिता यस्तो अवस्थामा गर्नु उचित नभएको भन्दै स्थगित गरिएको छ । पुर्व तालिका अनुसार यो प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म तय भएको थियो ।

तर कोरोनाले यसलाई ठुलो असर पारेको छ । यो प्रतियोगिता नहुने भएपछि प्रत्यक्ष मारमा इंग्ल्याण्डको काउन्टि क्रिकेट परेको छ । इंग्ल्याण्ड क्रिकेट बोर्डले यो प्रतियोगिताबाट आएको रकमले काउन्टिलाई दिने बचन दिएको थियो ।

द हन्ड्रेडमा सन्दिप लामिछाने इन्भेन्सीबल्सबाट खेल्ने थिए । उनी ड्राफ्टमा एक लाख पाउण्डमा अनुबन्ध भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest