टी-२० र एकदिवसीय बरियतामा नेपाल यथावत

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ एकदिवसिय र टी २० बरियतामा नेपाल यथावत रहेको छ । टी २० मा नेपाल १५ औं स्थानमा छ भने एकदिवसिय बरियतामा १६ औं स्थानमा कायम छ ।

कोरोना भाइरसका कारण पछिल्लो डेढ महिना देखि कुनैपनि प्रतियोगिता नखेलेकाले बरियतामा पनि कुनै फरक नपरेको हो । नेपालले २३ खेलमा चार हजार एक सय ४८ अंक पाएको छ । उसको रेटिङ एक सय ८० रहेको छ ।

विश्व बरियतामा भने अष्ट्रेलिया शिर्ष स्थानमा उक्लिएको छ । टी २० बरियतामा अष्ट्रेलिया शिर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो । दोस्रो स्थानमा इंग्ल्याण्ड रहेको छ भने तेस्रो स्थानमा भारत छ ।

यस्तै टेष्ट बरियतामा पनि अष्ट्रेलिया चार बर्षपछि पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको न्यूजिल्याण्ड भन्दा मात्र उक अंकले अगाडी रहँदै अष्ट्रेलिया चार बर्षपछि शिर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानमा न्यूजिल्याण्ड र तेस्रो स्थानमा भारत रहेको छ ।

एकदिवसिय बरियतामा नेपालले नौ खेलमा १६१ अंक पाएको छ । नेपालको १८ रेटिङ रहेको छ । नेपाल भन्दा पछाडी युएई, नामिबिया, अमेरीका र पीएनजी रहेका छन ।

नेपालको एकदिवसीय उच्च बरियता १४ औं स्थान हो भने टी २० मा ११ औं स्थानको रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest