द हन्ड्रेड लिगले खेलाडीको सम्झौता रद्द

नेपालका सन्दीप लामिछाने खेल्ने तय भएको ‘द हन्ड्रेड’ लिग क्रिकेट स्थगित भइसकेको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले यसै वर्ष क्रिकेटमा हन्ड्रेड लिग गर्ने तय गरेको थियो । त्यसका लागि गत अक्टुबरमा खेलाडीहरुको ड्राफ्ट गरिएको थियो ।

तर विश्वव्यापी रुपमा कोरोनाको कहर बढेसँग इसीबीले जुलाई १७ देखि अगस्ट ८ सम्म तय गरेको प्रतियोगिता स्थगित गरेको हो । हन्ड्रेड लिग पुरुष तथा महिला प्रतियोगितामा ८–८ टिमले भाग लिने तय भएको थियो ।

प्रतियोगिता स्थगनसँगै ईसीबीले सबै खेलाडीसँगको सम्झौता पनि रद्द गरेको जनाएको छ ।

नेपालका सन्दीप लामिछाने ओभल इन्भेन्सीबल्समा आवद्ध भएका थिए । उक्त टिमले उनलाई नेपाली १ करोड ४७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । एजेन्सीको सहयोगमा ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest