इंग्लिस क्रिकेटकाे ठुलाे नाेक्सानी

कोरोना भाइरसका कारण यदि आगामी केहि महिनापनि क्रिकेट प्रतियोगिता नभएमा इंग्लिस क्रिकेट बोर्डले तीन सय ८० मिलियन पाउण्ड घाटा ब्यहोर्ने बताएको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत टोम हारिसनले कठिन अवस्थाका कारण बोर्डलाई ठुलो आर्थिक समस्या हुने बताए । उनले अप्रिल दुई तारिखसम्म सबै क्रिकेट गतिविधी रद्द भइसकेको र यसले जुलाईसम्म असर पर्ने बताए ।

पछिल्लो पटक द हन्ड्रेड क्रिकेट प्रतियोगितापनि रद्द भएको थियो । यसले बोर्डले ११ मिलियन पाउण्ड आम्दानी गर्ने आशा गरेको थियो । यस्तै वेष्ट इन्डिजसँगका तीन टेष्ट सिरीजपनि स्थगित भएको उनले बताए । यो सिरीज जुनमा हुने तालिका थियो ।

यस्तै अष्ट्रेलिया, पाकिस्तानसँग पनि जुलाई र अगष्टमा पालैपालो इंग्ल्याण्डले सिरीज खेल्ने थियो । यसले बोर्डको आम्दानी ठुलो नोक्सानी भएको सिइओ हारिसनले बताएका छन ।

उनले अझैपनि केहि सिरीज आगामी समर महिनामा खेलाउन सकिने बताए । तर त्यसका लागि खेलाडीको यात्रा, बसोबासका लागि समस्या हुनसक्ने उनको भनाई छ । कोरोनाका कारण इंग्ल्याण्डमा हुने सबै काउन्टि क्रिकेटहरु स्थगित भएका छन भने विदेशी खेलाडीसँगको सम्झौता रद्द गरिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest