सांगाकारा एमसीसीकाे अध्यक्षमा अर्काे कार्यकाल रहने

श्रीलंका क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगकारा मोरिलिबोन क्रिकेट क्लब (एमसीसी) को दोस्रो पटक अध्यक्ष बन्ने भएका छन् ।

अहिले पनि अध्यक्ष रहेका सांगकारा कोरोना भाइरसको महामारीका बीच दोस्रो कार्यकाल सम्हाल्ने भएका हुन् । एमसीसीमा कार्यकाल दोहो¥याउने सांगकारा चौथो व्यक्ति भएका छन् । सांगकारा गैर व्रिटिश नागरिकबाट एमसीसीको अध्यक्ष बनेका हुन् ।

यसअघि दुई पटक विश्व युद्ध हुँदा एमसीसीका अध्यक्षको कार्यकाल बढाइएको थियो । एक वर्षको कार्यकाल हुने गरे पनि सांगकारा कोरोना भाइरसका कारण दुई वर्ष एमसीसीको अध्यक्ष बन्ने छन् ।

क्रिकेटका नियमहरु बनाउने एमसीसीमा अहिलेसम्म १६८ जनाले नेतृत्व गरेका छन् । १ अक्टोबर २०१९ देखि कार्यकाल शुरु गरेका सांगकाराले ३० सेप्टेम्बर २०२१ सम्म अध्यक्ष पदमा रहने छन् ।

एमसीसीका सबै सदस्यले सहमति दिएकाले साधारणसभा २४ जुनमा हुने छ । सांगकारा सन् २०११ देखि मात्रै एमसीसीमा आवद्ध भएका हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest