ब्राड हगकाे नजरमा सर्वाेत्कृष्ट कप्तान काेहली

कोलकाता नाइटराइडर्सका पूर्व खेलाडी ब्राड हगले विराट कोहली इन्डियन प्रिमियर लिगको सर्वकालिन उत्कृष्ट कप्तान रहेको बताएका छन ।

अष्ट्रेलियन पूर्व लेग स्पिनर हगले सफल कप्तानको सूचीमा रोहित शर्मा र महेन्द्रसिंह धोनीलाई राखेका छन ।
दुई सिजन राजस्थान रोयल्सबाट खेलेका हगले केहि सिजन कोलकाताबाट खेलेका थिए । उनले आइपीएल खेल्ने उत्कृष्ट विदेशी खेलाडीमा डेविड वार्नर, सुनील नरेन र रासिद खानलाई लिएका छन ।

४९ बर्षे हगले डेविड वार्नर र रोहित शर्मालाई उत्कृष्ट ओपनरको सूचीमा राखेका छन । उनको उत्कृष्ट ११ खेलाडीको सूचीमा डेविड वार्नर, रोहित शर्मा, विराट कोहली, रिशभ पन्त, एवी डिभिलियर्स, महेन्द्रसिंह धोनी, सुनिल नरेन, रासिद खान, मुनाफ पटेल, भुवनेश्वर कुमार र जसप्रित बुम्राहलाई लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest