सन्यास नलिएका खेलाडीलाई विदेशी लिगमा खेल्न अनुमति दिनुपर्छ

भारतीय क्रिकेटर सुरेस रैना र इरफान पठानले राष्ट्रिय टिममा नपर्ने खेलाडीलाई इन्डियन प्रिमियर लिग बाहेकका अरु फ्रेन्चाइजी लिग खेल्नका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले स्विकृती दिनुपर्ने बताएका छन ।

पछिल्लो पटक राष्ट्रिय टिमबाट बाहिर रहेका इरफान पठान र रैनाले सोसियल मिडियामा कुरा गर्दा यस्तो भनाई राखेका हुन । पठान यतिबेला खेलाडी जीवन छोडीसकेको अवस्थामा छन । उनी क्रिकेट कमेन्टेटर र विश्लेषकका रुपमा काम गरिरहेका छन । यस्तै रैना राष्ट्रिय टिममा कमब्याकका लागि प्रयासरत छन ।

उनीहरुले धेरैमा नभएपनि एक दुईवटा विदेशी फ्रेन्चाइजी लिग खेल्न अनुमती दिए हुने बताएका छन । उनीहरुले विदेशी लिग धेरै खेलमा त्यसको फाइदा आफुहरुलाई हुने बताएका छन ।

उनीहरुले अरु देशका खेलाडीले विदेशी फ्रेन्चाइजी लिग खेलेर राष्ट्रिय टिममा कमब्याक गर्ने गरेको बताए । इरफानले राष्ट्रिय टिमको छनोटमा नै पर्ने संभावना नभएका खेलाडीलाई विदेशी लिग खेल्न दिनुपर्ने धारणा राखे । बीसीसीआईले ओपचारीक रुपमा सन्यास नलिएका खेलाडीलाई विदेशी लिगमा खेल्न अनुमति दिने गरेको छैन ।

अघिल्लो बर्ष क्यानडामा भएको ग्लोबल टी २० क्रिकेट खेल्न बीसीसीआईबाट नो अब्जेक्सन लेटर लिएका थिए, त्यसपछि उनले सन्यास पनि लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest