महिला बिश्वकप छनाेट स्थगित

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२१ को महिला विश्वकप छनोट स्थगित गरेको छ ।

कोरोना संक्रमण विश्वमा अझै नरोकिएकाले आइसीसीले यी दुई प्रतियोगिता स्थगित गरेको हो । यस्तै र २०२२ को यू–१९ विश्वकप छनोटको युरोपियन डिभिजन २ पनि स्थगित गरेको छ ।

आइसीसीले मंगलबार विज्ञेप्ती जारी गर्दै दुई वटा प्रतियोगिता स्थगित गरेको जनाएको छ । महिला विश्वकप छनोट श्रीलंकामा जुलाई तीन देखि १९ सम्म हुने तालिका रहेको थियो । जसबाट तीन देशले न्यूजिल्याण्डमा हुने विश्वकपमा स्थान बनाउने थिए ।

यसका साथै डेनमार्कमा हुने भनिएको यू–१९ विश्वकप छनोटको युरोपियन डिभिजन दुई पनि रोकिएको छ । यो छनोट प्रतियोगिता जुलाई २४ देखि ३० तारिखसम्म हुने बताइएको थियो । आइसीसीले यी प्रतियोगिताको नयाँ मिती सदस्य राष्ट्रसँग छलफल गरेर तय गर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest