पीसीबीकाे केन्द्रिय सम्झाैतामा उथलपुथल

पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन । जसमा च्याम्पियन्स ट्रफि दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन ।

मिस्वाले आफुले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई पठाएका छन । पाकिस्तान क्रिकेट टिमका एक सदस्यले बताए अनुसार त्यो सूचीमा च्याम्पियन्स ट्रफि दिलाएका सरफराज अहमदसँगै मोहम्मद आमी, वायब रियाज पनि बाहिर रहेका छन ।

यो सूची बनाउनका लागि मिस्वासँगै बोर्डका प्रमुख कार्यकारी अधिकृत वसीम खानले पनि सहयोग गरेका थिए । जसमा उस्मान सिनवारीपनि बाहिर भएका छन । मिस्वाले युवा खेलाडीलाई सो सूचीमा राखेका छन । जसमा नसीम शाह, आबिद अली, मोहम्मद हसनैनलाई समावेश गरिएको छ । बोर्डले यी चार खेलाडीले राम्रो गरेको बताएको छ ।

कोरोना संक्रमणका कारण पीसीबीले तोकेको समय भन्दा दुई महिना अगाडी नै खेलाडीको सूची सर्वाजनिक गर्नेछ । अरुबेला जुलाईमा सम्झौतामा परेका खेलाडीको सूची सार्वजनिक हुन गथ्र्योे । तर भाइरसको असरका कारण खेलाडीहरु असुरक्षित रहेकाले दुई महिना अगाडी नै सूची बनाएको सिइओ खानले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest