आइपीएल नभए ५०० मिलियन घाटा हुने

कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग कहिले हुन्छ भन्ने एकिन छैन । भारतमा कोरोनाको प्रभाव नराम्रोसँग परेकाले यो सिजनको आइपीएल हुनेमा ठुलो शंका उत्पन्न भएको छ । यस्तैमा बीसीसीआईले पनि पहिले श्वास्थ्य अनि खेल भनेर भनिसकेको छ । केहि दिन अगाडी आइपीएल गर्नका लागि श्रीलंकाले प्रस्ताव गरेको भन्ने समाचार पनि आएका थिए ।

विश्वमा हुने फ्रेन्चाइजी क्रिकेट लिगमा सर्वाधिक चर्चित र सफल प्रतियोगिताको यो सिजन हुन नसकेमा कति घाटा हुन्छ भन्ने तथ्यांक सार्वजनिक गरेको छ । बीसीसीआईले यदि यो सिजनको आइपीएल हुन सकेन भने पाँच सय मिलियन अमेरीकी डलर अर्थात करिव ६० अर्ब भन्दा बढि रुपैयाँ नोक्सानी हुने बताएको छ ।

बीसीसीआईका कोषाध्यक्ष अरुण धुमालले मिडियासँग कुरा गर्दै १२ बर्षको इतिहासमा पहिलो पटक आइपीएलको सिजन संकटमा परेको बताए । मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण अनिश्चित समयका लागि स्थगित भएको छ । प्रतियोगिताका लागि खेलाडीको अक्सन भएर टिमहरुले प्रशिक्षणपनि सुरु गरिसकेका थिए । तर अन्तिममा महामारीका कारण स्थगित हुन पुग्यो । यसले टेलिभिजन राइट्स, प्रायोजक, आयोजक र टिमहरुलाई ठुलो नोक्सानी हुने अरुणले बताए ।

आइपीएलका लागि उपयुक्त समय कुन हुन्छ भन्नेमा टिममालिक विच पनि केहि साता अगाडी छलफल भएको थियो । तर सो छलफलमा टिमका केहि मालिकले प्रतियोगिता भन्दा खेलाडीको श्वास्थ्य महत्वपुर्ण भएको बताएका थिए । यस्तैमा अरुणले खेलाडीको सम्झौताका विषयमा कुनै निर्णय नभएको बताए । यदि सिजन स्थगित भएमा खेलाडीको रकमका बारेमा अझै निर्णय नभएको उनको भनाई छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest