इंग्ल्याण्डकाे अर्काे साताबाट प्रशिक्षण

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को साताबाट आउटडोर प्रशिक्षण सुरु गराउने भएको छ । जसका लागि कडा नियम तयार पारेको छ । जसमा एक खेलाडीले एक बल प्रयोग गर्न पाउनेछन ।

कोरोनाका कारण बन्द रहेको क्रिकेटलाई सुचारु गर्ने लक्ष्यका साथ इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले विशेष नियम बनाउँदै खेलाडीलाई प्रशिक्षणमा ल्याउन लागेको हो ।

खेलाडीले प्रशिक्षणका बेला बलमा थुक लगाउने नपाउने, आफुले प्रयोग गरेको बललाई आफुसँग राख्नुपर्नेछ । खेलाडीले प्रशिक्षकसँग दुई मिटरको दुरी राख्नुपर्नेछ । फिजियोलाई पीपीई किट लगाएरमात्र खेलाडीलाई छुन पाउने नियम बनाइएको छ ।

ब्याटिङका बेला खेलाडी प्रशिक्षकलाई हातले बल दिन नपाउने भएका छन । नयाँ नियम बनाएपछि सुरक्षाका कारण बोर्डको खर्च अझ बढ्ने बताइएको छ । इंग्ल्याण्डले पाकिस्तानसँग ६ वटा टेष्ट खेल्न सक्ने बताइएको छ ।

जुलाईमा हुने भनिएको टेष्ट सिरीज अगाडी इंग्लिस बोर्डले मोटो रकम सुरक्षामा खर्च गर्नुपर्ने देखिएको छ । वेष्ट इन्डिजबाट करिव ३० खेलाडी आउने आंकलन गरिएको छ । उनीहरुका लागि निजी फ्लाइटका लागि करिव चार करोड खर्च हुनेछ । उनीहरुलाई क्वारेन्टिनमा पनि राख्नुपर्ने हुन्छ । जसका खर्च इंग्लिस क्रिकेट बोर्डले ब्यहोर्नुपर्नेछ ।

यो सिरीज भन्दा अगाडी बोर्डले आफ्ना खेलाडीलाई पनि सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest