वेष्ट इन्डिजले कर्मचारीकाे तलव कटाैती गर्ने

अष्ट्रेलिया र अफगानिस्तानपछि अब वेष्ट इन्डिज क्रिकेट बोर्डलेपनि आफ्ना कर्मचारीको तलव कटौती गर्ने भएको छ ।

वेष्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख रिकी स्केरिटले आर्थिक समस्याबाट गुज्रिरहेको वेष्टइन्डिज क्रिकेटलाई कोरोनाले आइसीयूमा राखेको बताएका छन ।

उनले मिडिया स्पोर्टससँग कुरा गर्दै अहिलेको संकटबाट बाहिर निस्कनका लागि बोर्डले लागत र खर्चमा कटौती गर्नुपर्ने बताए । यसको सुरुवात कर्मचारीको तलव कटौतीबाट हुने उनले बताए ।

बोर्ड प्रमुखले मे २७ तारिखमा बोर्डको बैठक बसेर निर्णय गर्ने बताए । यसका साथै बैठकले टिमको अन्तराष्ट्रिय सिरीज रद्द वा स्थगित हुँदा परेको आर्थिक घाटाको पनि विश्लेषण हुने बताए ।

उनले यो संकटबाट जोगिनाका लागि लागत बचाउनुको विकल्प नभएको बताए । त्यसका लागि केहि कुराको कटौती गर्नुपर्ने उनको धारणा छ । वेष्ट इन्डिजमा एक सय भन्दा बढि क्रिकेटर रहेको र उनीहरुलाई नियमित रकम दिनुपर्ने हुँदा खर्च बढि रहेको बताए ।

वेष्ट इन्डिजले जुनमा इंग्ल्याण्डको भ्रमण गर्ने तालिका रहेको थियो । यस्तै जुलाई अगष्टमा दक्षिण अफ्रिका वेष्ट इन्डिज आउने तालिका थियो । जसमा पाँच टी २० र दुई टेष्ट खेल्ने कार्यक्रम थियो । तर यी दुबै सिरीज हुन मस्किल रहेको उनले बताए । यस्तै तीन एकदिवसिय र तीन टी २० का लागि न्यूजिल्याण्ड टिमपनि वेष्ट इन्डिजमा आउने तालिका थियो । तर यो सिरीजपनि नहुने देखिएको छ ।

केहि समय अगाडी अफगानिस्तान र अष्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना कर्मचारीका तलव कटौती गर्ने निधो गरेका थिए । अफगानिस्तानले चार दिन अगाडी आफ्ना कर्मचारीको २५ प्रतिशत तलव कटौती गर्ने निर्णय गरेको थियो । यदि अफगानिस्तानको जिम्बावे भ्रमण नभएको खण्डमा ५० प्रतिशत तलव कटौती हुने बताएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest