टी-२० विश्वकप भएमा आइपीएल रद्द हुने

भारत सरकारले दुई साताका लागि थपेको लकडाउन मे महिनाको अन्तिमसम्म जारी हुनेछ । त्यसको असर अब विभिन्न प्रतियोगितामा पर्ने देखिएको छ । जसमा इन्डियन प्रिमियर लिग चार महिनासम्म नहुने पक्का भएको छ ।

बीसीसीआईले विज्ञेप्ती निकाल्दै लकडाउनको मिती लम्बयाएपछि अब खेलाडीको प्रशिक्षण र प्रतियोगिता सुचारु गर्नका लागि कुनै पनि जल्दवाजी नगर्ने बतायो ।

बीसीसीआईका कोषाध्यक्ष अरुण धुमलले हाम्रा लागि खेलाडीको श्वास्थ्य पहिलो प्राथमिकता रहेको बताए । बीसीसीआईले कोरोनालाई बढावा दिने किसिमको कुनैपनि गतिविधी बीसीसीआईले नगर्ने बताएका छन ।

यता आइसीसीले टी २० विश्वकपका विषयमा २८ ताखिरमा हुने बोर्ड बैठकले छिनोफानो गर्नेछ । अष्ट्रेलियामा अक्टोबरबाट हुने भनिएको टी २० विश्वकपका विषयमा आइसीसीले के निर्णय गर्छ, त्यसमा बीसीसीआई र आइपीएलको नजर हुनेछ ।

यदि टी २० विश्वकप तोकेको मितीमा नै हुने भयो भने यो बर्षको आइपीएल हुने संभावना समाप्त हुनेछ । यदि विश्वकप नहुने भयो भने त्यो समयमा आइसीएल गर्न बीसीसीआईले तयारी गर्नेछ ।

किनकी भारतीय क्रिकेट टिमको अहिलेसम्मको तालिका अनुसार जुन जुलाईमा तीन एकदिवसिय र तीन टी २० का लागि श्रीलंका जाने योजना रहेको छ । यस्तै अगष्टमा जिम्बावेमा तीन एकदिवसिय सिरीजका लागि जानेछ । यस्तैमा एशिया कप पनि हुने भनिएकोस छ ।

अगष्टको तेस्रो साता देखि नोभेम्बरसम्म टिम ब्यस्त हुनेछ । यो विचमा सात दिन ग्याप रहेको छ । यदि बीसीसीआईले आइपीएलका लागि सिरीजहरु रद्द गरेमा आइसीसीले कारवाहि गर्ने संभावना रहेको छ । त्यसैले आइपीएलका लागि एक्लो विकल्प टी २० विश्वकप सर्नु नै रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest