आइसीसीकाे नयाँ नियम

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आफ्ना केहि रेगुलेसनमा परिवर्तन गर्ने निर्णय गरेको छ । अनिल कुम्ब्लेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि थुक वा अन्य तलर पदार्थको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोग प्रतिबन्ध लगाइने भएको छ । यसबाट कोरोनाको संक्रमण झन फैलन सक्ने बताइएको छ । तर पसिनाबाट भाइरस सर्ने संभावना नभएको भन्दै यसलाई प्रतिबन्ध गर्न आवश्यक नभएको कमिटीको ठहर छ । खेलका बेला मैदानमा अरु सुरक्षा नितीहरुपनि अपनाइने भएको छ ।

यस्तै कमिटीले अन्तराष्ट्रिय खेलहरुमा अम्पायर नियुक्तिको नियममा पनि केहि परिवर्तन गरेको छ । सन् २००२ बाट आइसीसीले नै अम्पायर छनोट गर्ने काम गथ्र्यो । जसमा कुनैपनि देशले आफ्नो मैदानमा खेलिरहेको छ भने सो खेलमा त्यहि देशको अम्पायरले खेलाउन नपाउने नियम थियो ।

तर अब यो नियम केहि परिवर्तन भएको छ । आइसीसीले टेष्ट र एकदिवसियमा केहि आफ्नो मातहतमा राखेर केहि आयोजक देशलाई पनि अम्पायर छान्ने मौका दिएको छ ।

जस्तै टेष्टमा दुई जना फिल्ड अम्पायर, तेस्रो अम्पायर आफैले छनोट गर्नेछ भने फोर्थ अम्पायर आयोजक देशले गर्न पाउनेछ । यस्तै एकदिवसियमा म्याच रेफ्रि आइसीसीको हुनेछ भने फिल्डमा एक अम्पायर आइसीसीले एक आयोजक देशले छनोट गर्नेछ । यस्तै तेस्रो अम्पायर आइसीसी र फोर्थ अम्पायर होष्ट देशले गर्नेछ ।

टी २० मा म्याच रेफ्रि आइसीसीले दिएपनि अरु सबै होष्ट देशले ब्यवस्था गर्नुपर्नेछ । कमिटीले कोरोनाका कारण एक देशबाट अर्को देशमा जान प्रतिबन्ध लगाएको र अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारण छोटो फरम्याटको खेलमा लोकल म्याच अफिसियल नै छनोट गर्नु उचित ठानेको छ ।

तर त्यसका लागि आइसीसीले अम्पायरलाई पास गर्नुपर्नेछ । यसको अर्थ अब होष्ट देशले पठाएको नाम आइसीसीले पास गरेर पठाउने भएको छ ।

यसले नयाँ क्रिकेटमा नयाँ अनुहारपनि देखिन सक्ने बताइएको छ । हाल कोरोनाका कारण बन्द रहेको आइसीसीको मुख्यालयमा यो बैठक भिडियो कन्फ्रेन्सबाट लगिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest