बल चम्काउने बानी हट्न कठिन-आश्विन

कोरोना भाइरसका कारण क्रिकेटमा निकै परिवर्तन हुने देखिएको छ । केहि दिन अगाडी अनिल कुम्ब्लेको अगुआईमा आइसीसी क्रिकेट कमिटीले बलमा थुक लगाउन प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । त्यसपछि यो विषयमा विश्वका धेरै बलरले नकारात्मक प्रतिक्रिया दिएका छन ।

यस्तैमा भारतीय स्पिनर रविचन्द्रन आश्विनले बलमा थुक लगाउनु बानी रहेको बताए । यसमा परिवर्तन गर्नु मस्किल रहेको बताए । यस्तै अष्ट्रेलियन खेलाडी पैट कमिन्सले लारको सट्टा दोस्रो विकल्प निकाल्नुपर्ने बताए ।

आश्विनले दिल्ली क्यापिटल्ससँग इन्टाग्राममा गरेको कुराकानीमा मैदानमा कहिले खेल्नका लागि उत्रिने हो त्यो थाहा छैन, खेल्दा बलमा थुक लगाउने बानी रहेको र यो बानीलाई छोड्नकालागि अभ्यास गर्नुपर्ने छ, आश्विनले बताए ।

यस्तै अष्ट्रेलियन खेलाडी कमिन्सले बलमा थुक लगाउन प्रतिबन्ध लगाएपछि त्यसको विकल्प खोज्नुपर्ने बताए । पसिना लगाउनु अर्को विकल्प भएपनि त्यो भन्दा अर्को कुराको पनि अप्सन खोज्नुपर्ने बताए ।

यस्तै अर्का खेलाडी जोश हेजलहुडले बल चम्काउनु खेलाडीको मजबुरी रहेको बताए । कुनैपनि बलरले हातमा बल लिएपछि त्यसलाई चम्काउन खोजी हाल्छन । त्यो एकैपटकमा हटाउन कठिन रहेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest