सहयाेगकाे रकम पनि वेष्ट इन्डिज क्रिकेटले हिनमिना गर्याे

वेष्ट इन्डिजका पूर्व खेलाडी माइकल होल्डिङले भारतीय क्रिकेट बोर्डले दिएको चार करोड भारतीय रुपैयाँको दुरुपयोग गरेको बताएका छन ।

उनले सहयोगका रुपमा भारतीय क्रिकेट बोर्डबाट आएको सहयोग कसरी खर्च भयो र कहाँ गयो भन्नेमा कसैको हिसावकिताव नभएको बताए । साथै त्यो रकमको खर्चका बारेमा जाँडै नै सबै जानकारी दिनेसमेत बताए ।

कोरोनाका कारण वेष्ट इन्डिज, अष्ट्रेलियन क्रिकेट बोर्डमा ठुलो आर्थिक समस्या परेको छ । जसका कारण ती बोर्डले आफ्ना स्टाफको तलव कटौती गर्ने निर्णय गरेको छ ।

सन् २०१३ र १४ को क्यालेन्डरमा बीसीसीआईले वेष्ट इन्डिज क्रिकेट बोर्डलाई चार करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो । जुन पूर्व खेलाडीलाई दिने योजना थियो ।

तर त्यो रकम कहाँ गयो, कसरी खर्च भयो र कसले खर्च गर्यो भन्ने हिसाव नभएको र अनियमिता गरेर खाएको आरोप लगाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest