आइसीसीकाे नयाँ गाइडलाइन

कोरोनाका कारण स्थगित अवस्थामा रहेको विश्व क्रिकेट सुचारुका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नयाँ गाइडलाइन सार्वजनिक गरेको छ ।

कोरोनापछि फर्किनका लागि विभिन्न देशले आफ्नो तयारी गरिरहेका बेला आइसीसीले पनि सबै देशका लागि लागु हुनेगरि गाइडलाइन सार्वजनिक गरेको हो । जसमा मुख्यगरि तीन वटा बुँधाहरु महत्वुर्ण रहेको छ । जुन सबै क्रिकेट खेल्ने देशले मान्नुपर्ने छ ।

पहिलो खेलाडी, प्रशिक्षक र स्टाफको सुरक्षा पहिलो प्राथिमकतामा राख्नुपर्ने बताएको छ । कुनैपनि रिस्क नलिई क्रिकेटलाई सुचार गर्न सकिने आइसीसीको भनाई रहेको छ ।

यस्तै क्रिकेट वाताकरण नै खलबलिने तरिकाले केहि गतिविधी नगर्न, सबै चुनौतीलाई पुरा गरेर मात्र क्रिकेट खेल वा प्रशिक्षण सुचारु गर्न सकिने बताइएको छ ।

दोस्रो क्रिकेट सुचारु गर्नुभन्दा अगाडी सरकारको अनुमती लिनुपर्ने बताइएको छ । सरकारको अनिमती विना आफ्नो तरिकाले गतिविधी नगर्न भनिएको छ ।

तेस्रो क्रिकेटको माध्यमबाट सचेतना र समाजमा पोजेटिभ म्यासेज जाने कुरामा ध्यान दिन आवश्यक रहेको बताएको छ ।
आइसीसीले सार्वजनिक गरेको गाइडलाइन यहाँबाट पढ्न सकिनेछ ।

गत मार्चबाट स्थगित भएको क्रिकेटलाई सुचारुका लागि भारत, इंग्ल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, अष्ट्रेलियाले तयारी गरिरहेका छन । कोरोनाका कारण वेष्ट इन्डिज र अष्ट्रेलिया बोर्ड आर्थिक समस्यामा परेका छन ।

यहि कारणले नेपाली क्रिकेटको निलम्बल पुर्ण रुपमा फुकुवामा पनि ढिलाई भएको छ । यसका साथै विभिन्न प्रतियोगिताहरु स्थगित भएका छन । अब टी २० विश्वकप पनि स्थगित हुने ठुलो संभावना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest