बीसीसीआइले क्रिकेटमा दादागिरी गर्न पाइन्न

अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान इयान च्यापलले भारतले चाहेमा टी २० विश्वकपलाई रद्द गरेर इन्डियन प्रिमियर लिग गर्नसक्ने बताएका छन ।

कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएको आइपीएल कसरी सुचारु गर्ने भन्नेमा बीसीसीआई आन्तरीक योजनामा रहेको छ । यस्तैमा कोरोनाकै कारण अष्ट्रेलियामा हुने टी २० विश्वकप हुने नहुनेमा पनि एकिन छैन । पछिल्लो पटक केहि क्रिकेट पण्डितहरुले अक्टोबरमा हुने टी २० विश्वकप रद्द हुने संभावना रहेको भन्दै आएका छन ।

यस्तै च्यापलले बीसीसीआईले चाहेमा टी २० रद्द गरेर आइपीएल गर्न सक्ने बताएका छन । यस्तै अष्ट्रेलियन क्रिकेट टिमका लेजेन्ड्री खेलाडी एलन बोर्डरलेपनि आइपीएल पैशा कमाउने धन्धाका रुपमा रहेको बताएका छन । उनले विश्वकप भन्दा ठुलो आइपीएल नभएको र यसलाई रद्द गर्ने सोच्न पनि नहुने बताए । साथै उनले अन्तराष्ट्रिय स्तरमा बीसीसीआईको दादागिरी चल्न नदिनुपर्ने बताए ।

यता अष्ट्रेलियन बलर प्याट कमिन्सले टी २० विश्वकप भन्दा अगाडी आइपीएल खेल्ने चाहना रहेको बताएका छन । उनलाई कोलाकाताले १५ दशमलव ५० करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

मार्च २९ तारिखबाट हुने भनिएको आइपीएल कोरोनाका कारण अनिश्चित समयका लागि स्थगित गरिएको छ । यस्तैमा अब क्रिकेट सुचारु भएमा विभिन्न सिरीज हुने भएकाले आइपीएल हुने एकमात्र समय टी २० विश्वकप रद्द भएपछि हुने संभावना रहेको बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest