महिला प्रशिक्षककाे खाेजीमा वेष्ट इन्डिज

वेष्ट इन्डिज क्रिकेट बोर्डले चाँडै महिला टिमको नयाँ प्रशिक्षक नियुक्त गर्ने भएको छ । यसअघिकी प्रशिक्षक गुस लोगीले पदबाट राजिनामा दिएपछि उनको स्थानमा नयाँ प्रशिक्षक नियुक्त गर्नका लागि बोर्डले आन्तरीक तयारी गरेको छ ।

अक्टोबरमा बोर्डले अन्तरीम प्रशिक्षक नियुक्त गरेर काम लचाइरहेको थियो । पूर्व खेलाडी गुसले महिला टी २० विश्वकपपछि राजिनामा दिएकी थिइन । त्यो प्रतियोगितामा वेष्ट इन्डिज सुरुवात चरणबाट नै बाहिरीएको थियो । उसले चार खेलमा एक खेलमात्र जितेको थियो ।

बोर्डले अब महिला क्रिकेटका लागि स्थाई प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । बोर्डका डाइरेक्टर जिमी एडम्सका अनुसार अब बन्ने प्रशिक्षकले महिला क्रिकेट विकाशको कार्यक्रमका साथै टिमको नतिजामा पनि ध्यान दिने बताएका छन ।

बोर्डले नयाँ प्रशिक्षकको आवेदनका लागि मे २६ तारिखसम्मको डेडलाइन तोकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest