पूर्व क्रिकेटर रहमानकाे सहयाेग

पूर्व क्रिकेटर फजलुर रहमान आफुले सञ्चालन गर्न थालेको निजी अस्पताल कोरोनाका लागि आईसुलेशन सेन्टरमा परिवर्तनका लागि दिएका छन ।

मायादेवी गाँउपालिका वडा नम्बर १ पकडीमा रहेको तैबा हस्पिटललाई युवा नेता फैजलले कुनै शुल्क नलिई आईशोलेशनमा परिवर्तन गर्ने दिएका छन ।

दुई बर्षको अबधी देखी निर्माणाधिन रहेको अस्पतालको पुर्वाधार निर्माणका लागी सञ्चालक रहमानले हाल सम्म २ करोड ५० लाख बढि लगानी गरेका छन । करिब २ कठ्ठा बढि जग्गाको क्षेत्रफलमा निर्मित दुई तत्ले २२ कोठे भवन रहेको अस्पताल लकडाउनका कारण संचालन हुन पाएको थिएन ।

अस्पतालमा आधारभुत पुर्वाधार पुरा गरि हाल सम्म एक आईसियु सहित १७ बेड छन । लकडाउनले अस्पताल उदधाटन रोकिएसगै कोरोना महामारीमा मानविय सहयोग गर्ने उदेश्यका साथ उनले आफ्नो तैयारी अवस्थाको अस्पताललाई कुनै शुल्क नदिई आईशोलेशन बनाउन दिएका हुन ।

रहमानले भने “अस्पताल उदघाटनको प्रक्रियामा थियौं । कोरोनाको माहामारी शुरु भए सगै मानविय नाताले महामारीको संक्रमण व्यवस्थापन नभएसम्मका लागी निशुल्क रुपमा आईशोलेशन सेन्टर सञ्चालन गर्न दिने निर्णय गरेको हु ।”

क्रिकेट करियरलाइ साइडमा लगाएर युवा नेता बनेकाे रहमान आफ्नै अस्पताल मायादेवी गाँउपालिकालाई दिएपछि त्यसमा आईसालेसनका बिरामीलाई व्यवस्थापन गर्न र ५० शैयाको आईसाेलेसनका  लागी आवश्यक पर्ने बेड थप्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्षताको जिल्लास्तरको समितीले स्थलगत अनुगमन गरे सगै शनिबारबाट आईसाेलेसन सेन्टर सञ्चालनमा ल्याईएको छ ।

रहमान २०७४ सालमा प्रदेश सभाको सभासद तर्फ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट तत्कालिन एमालेबाट चुनाव लडेका थिए । राष्ट्रियस्तरमा महेन्द्र पुलिस क्लब, भैरहवा ४, ईपियलको कलर्स एक्सपेक्टर सँग जोडिएका उनी क्रिकेटका अलराण्डर खेलाडीका रुपमा परिचय बनाएका थिए ।

सन २०१० देखी क्रिकेट खेलमा जोडिएका उनले सन २०१२ मा सम्पन्न यु १९ बिश्व कपमा नेपालका लागी उत्कृष्ट प्रदर्शन गरेका थिए । बेलामा खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरि चर्चा बटुलेका उनी पछिल्लो समय राजनिती र समाजसेवामा क्रियाशिल रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest