वेष्ट इन्डिज प्रशिक्षणमा फर्कियाे

वेष्ट इन्डिज क्रिकेट टिम प्रशिक्षणमा फर्किएको छ । कोरोना संक्रमणका कारण बन्द भएको क्रिकेटलाई सुचारु गर्ने लक्ष्यका साथ वेष्ट इन्डिज टिमले जुलाईमा हुने वेष्ट इन्डिज विरुद्धको सिरीजका लागि तयारी सुरु गरेको हो ।

सोमबारबाट कप्तान जेसोन होल्डरसँगै टेष्ट टिमका प्रायः सबै खेलाडी प्रशिक्षणमा पुगेका थिए । यो क्रममा उनीहरुले सामाजिक दुरीको पालना भने गरेका थिए ।

वेष्ट इन्डिज टेष्ट टिमका प्रमुख खेलाडीमा होल्डरसँगै सेइ होप, क्रेग ब्रेथवेट, सेन डाउरिच, केमर रोच, रेमन रेफर जस्ता खेलाडीको उपस्थिती रहेको थियो । यी खेलाडीले सरकारको आदेश र वेष्ट इन्डिज क्रिकेटको मेडिकल समितीको दिशा निर्देशमा प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षणका बेलापनि दर्शकलाई आउन प्रतिबन्ध लगाइएको छ । वेष्ट इन्डिजले तीन टेष्टका लागि जुनमा इंग्ल्याण्डसँग सिरीज खेल्ने तालिका थियो, जुन जुलाईमा हुने भएको छ । टिम त्यसैको प्रशिक्षणमा रहेको छ ।

कोरोनापछि अन्तराष्ट्रिय क्रिकेटमा यो पहिलो सिरीज हुनेछ । वेष्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत जोनी ग्रेवले २८ तारिखमा बोर्डको बैठक हुने र त्यसबाट पुरै निर्णय आउने बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest