भारतमा हुने टी २० विश्वकपको आयोजनाको जिम्मा खोस्ने धम्की

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२१ मा भारतमा हुने टी २० विश्वकपको आयोजनाको जिम्मा खोस्ने धम्की दिएको छ ।

आइसीसीले बीसीसीआईलाई प्रतियोगिताका लागि भारतीय सरकारबाट कर छुटको ब्यवस्था नमिलाएको भन्दै धम्की दिएको हो । यदि समयमा नै त्यो निर्णय गर्न नसकेको खण्डमा विश्वकप आयोजनाको जिम्मा अर्को देशलाई दिने धम्की दिएको छ ।

पछिल्लो दुई महिना देखि आइसीसी र बीसीसीआईका विच यहि विषयमा गम्भिर छलफल भएको बताइएको छ । एक साता अगाडी नै बीसीसीआईले कर छुटको अनुमती लिएर आइसीसीलाई पत्राचार गर्ने बताएपछि अझै त्यो काम नभएपछि बीसीसीआई रुष्ट भएको हो ।

यो विषयमा अझै कहिले टुंगो लाग्ने हो त्यो भने एकिन छैन । पछिल्लो पटकको कुराकानीमा बीसीसीआईले कोरोनाका कारण जुन ३० तारिखसम्मको समय माग गरेको थियो । तर त्यसलाई आइसीसीले अस्विकृत गरेको छ ।

आइसीसीले अप्रिल २९ मा बीसीसीआईलाई पठाएको इमेलमा भारत र आइसीसीको ब्यापार कर्पोरेसन विच भएको सम्झौता पालना नभएको र यदि त्यसलाई कायम नराखेमा सम्झौता रद्द गर्ने बताएको थियो ।

करका विषयमा बीसीसीआई र आइसीसी विच विवाद भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा आयोजना भएको टी २० विश्वकपमा पनि कर छुट नभएका कारण आइसीसीले २०–३० मिलियन डलर घाटा खाएको थियो ।

भारतमा सन् २०२१ को टी २० र २०२३ को एकदिवसिय विश्वकपमा कर छुटको ब्यवस्था नगरेको खण्डमा दुबै विश्वकप सार्ने चेतावनी सन् २०१८ मा नै दिएको थियो ।

टी २० विश्वकपमा यदि कर छुट भएन भने आइसीसीलाई एक सय मिलियन डलर नोक्सान हुने डर रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest