इंग्ल्याण्डले ५५ खेलाडी प्रशिक्षणमा बाेलायाे

इंग्ल्याण्ड क्रिकेट टिमले कोरोनापछि क्रिकेट सुरु गर्ने योजनाका साथ ५५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा १४ जना नयाँ खेलाडी रहेका छन ।

अन्तराष्ट्रिय प्रतियोगिताका लागि इंग्ल्याण्ड र वेल्स क्रिकेट संघले क्याम्पमा बोलाएका खेलाडीमा चार बर्षपछि सिची टोप्ले पनि परेका छन ।

चोटका कारण उनको करियर धरापमा परेका बेला उनलाई चार बर्षपछि सिनियर टिमको प्रशिक्षणमा बोलाइएको छ । इंग्ल्याण्डले टेष्ट र छोटो फरम्याटको खेलका लागि छुट्टै टिम बनाउने योजना बनाएको छ । त्यसको छनोटका लागि ५५ खेलाडीलाई क्याम्पमा बोलाएको छ । इंग्ल्याण्डले शुक्रबार आफ्नो क्रिकेट तालिका सार्वजनिक गर्ने बताइएपनि सारिएको छ ।

इंग्ल्याण्डले जुनमा वेष्ट इन्डिजविरुद्ध तीन टेष्ट सिरीज आयोजना गर्नेछ । जुन बन्द रंगशालामा हुनेछ । यस्तै आयरल्याण्डसँग तीन एकदिवसिय र दुई टेष्टको आयोजना गर्ने बताइएको छ ।

पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परेका खेलाडीमा जेम्स ब्रासे, हेनरी ब्रोक्स, साम हेन, लउरी इभान्स, फिल साल्ट, ओली रोविनसन, जेमी ओभरटन, क्रेगका जुडुवा दाई भाई रहेका छन ।

यस्तै ब्रेडोन कार्स, टोम हेल्म, रिचार्ड ग्लेसोन, टोम काडमोर पनि पहिलो पटक टिममा परेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest