काेहलीकाे २०२० काे आम्दानी एक सय ९६ करोड भारतीय रुपैयाँ

विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा पर्ने क्रिकेट खेलाडीमा विराट कोहली एक्लो खेलाडी परेका छन ।

फोब्र्सले सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचीमा कोहली ६६ औं स्थानमा रहेका छन ।

तर उनी १०० जनाको सूचीमा पर्ने एक्लो खेलाडी हुन । उनी लगाचार चौथो बर्ष यो सूचीमा अटाएका छन ।

भारतीय कप्तान कोहलीले एक सय ७३ दशमलव तीन करोड भारतीय रुपैयाँ आम्दानी गरेका थिए। जसका कारण उनी २०१९ मा एक सय स्थानमा थिए ।

तर यसपटक उनले ठुलो छलाङ मारेका छन । उनले यसपटक करिव एक सय ९६ करोड भारतीय रुपैयाँ आम्दानी गरेका छन ।

कोहलीले सन् २०१८ मा एक सय ६६ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै धेरै कमाउने खेलाडीको सूचीमा ८३ औं स्थानमा थिए ।

२०१७ मा उनी ८९ औं स्थानमा थिए । उनले सो बर्ष १४१ करोड भारतीय रुपैयाँ आम्दानी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest