अष्ट्रेलियन क्रिकेटर प्रशिक्षणमा फर्किए

कोरोनाका कारण साढे दुई महिना बन्द रहेको क्रिकेटलाई फेरी सुरु गर्नका लागि यतिबेला विभिन्न क्रिकेट बोर्डहरुले आन्तरीक तयारी गरिरहेका छन । अष्ट्रेलियाले अगष्टबाट विभिन्न सिरीज गर्ने भनेर तालिका तयार पारेको छ ।

यस्तै वेष्ट इन्डिज टिमले इंग्ल्याण्ड विरुद्धको सिरीजका लागि तयारी सुरु गरिसकेको छ । यस्तै श्रीलंकाले पनि प्रशिक्षण सुचारु गरेको छ । यस्तै अष्ट्रेलियन खेलाडीले पनि घरेलु टिमसँग प्रशिक्षण सुरु गरेका छन ।

आफ्नो स्टेटका टिमसँग अष्ट्रेलियन खेलाडी प्रशिक्षणमा फर्किएका छन । सरकारले लागु गरेको नियमलाई पालन गर्दै उनीहरुले आफ्नो तयारी सुरु गरेका छन । स्टिभ स्मिथले न्यू साउथ वेल्स टिमसँग प्रशिक्षण सुरु गरेका छन ।

यस्तै अरु खेलाडीले पनि आफुलाई लयमा फर्काउनका लागि घरेलु क्लवमा प्रशिक्षण सुरु गरेका हुन । जसमा डेविड वार्नर, मिचेल स्टार्कले पनि प्रशिक्षण गरेका छन । प्रशिक्षणमा समर्थकलाई प्रवेश निषेध गरिएको छ ।

कोरोनाका कारण आर्थिक समस्या आएको भन्दै क्रिकेट अष्ट्रेलियाले दुई सय भन्दा बढि कर्मचारीलाई कटौती गरेको छ । चाँडे बोर्डले सपोर्ट स्टाफलाई पनि कटौती गर्ने योजना बनाएको छ ।
अष्ट्रेलियाले जिम्बावे विरुद्धको एकदिवसीय सिरीजबाट अन्तराष्ट्रिय सिरीजको थालनी गर्नेछ ।

जसमा अगष्ट नौ तारिखमा पहिलो खेल, अगष्ट १२ मा दोस्रो र अगष्ट १५ मा तेस्रो खेल खेल्नेछन । त्यसपछि वेष्ट इन्डिजसँग अक्टोबरमा भारतसँग पनि अक्टोबरको दोस्रो साताबाट टेष्ट सिरीज सुरु गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest