प्लंकेटले अमेरिकाबाट खेल्न सक्ने

इंग्लिस खेलाडी लियाम प्लंकेट, भविष्यमा आफु अमेरिकाबाट खेल्न सक्ने बताएका छन् ।

३५ वर्षिय प्लंकेटकी पत्नी अमेरिकी हुन् । प्लंकेट गत वर्षको विश्वकप पछि कुनै पनि प्रतियोगितामा सामेल छैनन् । गत साता ५५ खेलाडी अभ्यासमा बोलाउँदा उनको नाम साे सूचीमा अटाएकाे थिएन् ।

अहिलेपनि इंग्ल्याण्ड टिमका मुख्य अलराउण्डर मानिने उनले ५५ खेलाडीकाे सूचीमा नपर्दा निकै दुःख ब्यक्त गरेका छन । जसका कारण उनले इंग्ल्याण्ड छाेडेर अमेरीका जाने मनसायमा रहेकाे बताएका छन । विश्वकप विजेता खेलाडी प्लंकेटले अमेरिकी क्रिकेटमा सामिल हुनु खुशीको कुरा रहने बताए ।

इंग्लिस तिब्र गतिका बलरले भविष्यमा आफ्ना सन्ततीलाइ आफ्नो करियरमा इंग्ल्याण्ड र अमेरिकाका लागि खेलेको भन्न पाउँदा राम्रो सुनिने बताए । इंग्लिस बलर अमेरिका सधैँका लागि बस्न चाहेको यस अघि नै खबर आएको थियो ।

अमेरिकाले २०१९मा एक दिवशीय मान्यता पाएको थियो । सो टिममा वेष्ट इन्डिजका ब्याट्सम्यान जेभियर मार्सल, हाम्पाएर तथा अल राउण्डर इयान हल्याण्ड र दक्षिण अफ्रिकी बलर रष्टी थेरन छन् ।

उनले सन् २००५ मा पाकिस्तानविरुद्ध लाहोरमा एकदिवसिय क्रिकेटमा डेब्यु गरेका थिए । जसमा ८९ एकदिवसीय खेलमा एक सय ३५ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest