वेष्ट इन्डिजका ३ खेलाडी इंग्ल्याण्ड भ्रमणमा नआउने

वेष्ट इन्डिजका तीन खेलाडीले इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरीज गुमाउने भएका छन । कोरोना भाइरसको त्रासका कारण उनीहरुले इंग्ल्याण्ड भ्रमणमा आउन नमानेका हुन ।

जसमा सिमरोन हिटमेयर, डारेन ब्राभो, किमो पउल रहेका छन । उनीहरुले २५ खेलाडीको सूचीबाट आफ्नो नामपनि फिर्ता लिएका छन ।

जुन चार तारिखबाट हुने भनिएको टेष्ट सिरीज कोरोनाका कारण स्थगित भएको थियो । अब यो सिरीज जुलाई आठ तारिखबाट हुनेछ । वेष्ट इन्डिज जुन नौ तारिखमा इंग्ल्याण्ड पुग्नेछ । जसमा वल्ड ट्राफोर्डमा क्वारेन्टिनमा बस्नेछन ।

पहिलो टेष्ट जुलाई आठ तारिखबाट सुरु हुनेछ । जुन साउथह्याम्टनमा हुनेछ । इंग्ल्याण्ड आएर क्वारेन्टिनमा बसेपछि उनीहरुको परिक्षण हुनेछ । यसका साथै खेलाडीलाई हात मिलाउन प्रतिबन्ध गरिएको छ । टेष्ट सिरीजमा खेलाडीलाई बलमा थुक लगाउने पनि प्रतिबन्ध लगाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest